नेकपाले उपसभामुखको राजीनामा माग्ने
२६ पुस (काठमाण्डौं)
धेरै दिनदेखि रस्साकस्सी चलिरहेको सभामुख कसलाई बनाउने भन्ने सवालमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले पहिला हालकी उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । रिक्त सभामुख पदमा उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको हो । प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वा्चित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’ सभामुख कसलाई बनाउने भन्नेबारे भने तय नभएको उनको भनाई छ ।