नयाँ आईजीपीका चुनौती

नयाँ आईजीपीका चुनौती

२३ असार, (काठमाण्डौं)
मंगलबार सरकारले शैलेश थापा क्षेत्रीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियूक्त गर्ने निर्णय गरेसँगै थापाको पहिलो चुनौती उनका चुनौतिहरु बारेमा विष्लेषणहरु हुन थालेका छन् । उनको पहिलो चुनौतिका रुपमा रुपमा निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु हो ।
निर्वतमान आईजीपी ठाकुर ज्ञवालीले आईजीपी हुँदा निर्मला हत्या प्रकरणको टुङ्गो लगाउने वाचा गरेपनि उनले फाइलसम्म हेरेनन्।
कञ्चनपुरमा गएर अनुसन्धान गरेका ज्ञवालीले हत्या प्रकरण सुल्झाउने अपेक्षा थियो तर उनले सुल्झाउने त परै जाओस् फाइलसम्म नहेरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
२०७५ साल असार ११ गते १३ वर्षीय निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो। पूर्वआईजीपी सर्वेन्द्र खनाललेसमेत निर्मला हत्याका हत्यारा पत्ता लगाउने वचन दिएका थिए तर उनी पनि यस प्रकरणमा असफल भए ।
अर्को कुमार पौडेललेको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा नयाँ आइजीपीका अगाडि आउँछ ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर फेक भएको भन्दै प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ । मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
पौडेल २०७६ असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।
यस्तै प्रहरीमा पावर पहुँचको आधारमा सरुवा बढुवा हुने गरेको आरोप लाग्दै आएको छ । विषेश गरेर राजनीतिक पहुँच भएका प्रहरीहरु अगाडि जाने र राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति बढेको प्रहरी वृत्तबाटै उठ्ने गरेको आवाज हो ।
यसलाई संगठन प्रमुखको हैसियतले न्यून बनाएर नियमसम्मत बढुवा र सरुवा गर्ने परिपाटी बसाल्ने जिम्मा पनि अबका आईजीपीको थाप्लोमा आएको छ । संगठनमा काम गर्ने प्रहरी अधिकृतहरुलाई व्यक्तिगत रीस र कुण्ठाको आधारमा कारवाही गर्ने परिपाटीको अन्य गर्न संगठन प्रमुखले भूमिका खेल्नुपर्ने देखिन्छ ।
नयाँ आईजीपीको काँधमा प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने जिम्मेवारी पनि छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्नुपर्ने काम पनि चुनौतिपूर्ण छ।