नगरप्रमुखहरुद्धारा अनुभव र याेजनाका बारेमा छलफल

नगरप्रमुखहरुद्धारा अनुभव र याेजनाका बारेमा छलफल

नगरपालिका संघद्धारा भर्चुअल बैठक

२५ बैशाख (धनगढी)
कोरोना संक्रमण नियन्त्रण र यस विचमा भएका अनुुभव तथा असल अभ्यास, नगरपालिकाहरुले सामाना गर्नु परेका चुनौतीहरुका विषयमा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशका विभिन्न नगरप्रमुख तथा उपप्रमुखहरुबीच भर्चुअल (भिडियो) बैठक गरेको छ ।
बैठकमार्फत नगर प्रमुख उपप्रमुखहरुले एकआपसमा कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाहरुले आफ्ना अनुुभवहरु, असल अभ्यासहरुको आदानप्रदान गरेका थिए ।
बैठकले बिदेशबाट आएकाहरुको तथ्यांक संकलन, क्वारेन्टानईन व्यवस्थापन, सुरक्षा समाग्रीहरु (साबुन, स्यानीटाईजर, मास्क) वितरण, स्थानीयस्तरमै मास्क उत्पादन र वितरण, जनचेतनाका लागि सामाजिक संञ्जाल, रेडियो सन्देशहरु प्रशारण, स्थानीय राहत वितरण कार्यविधि निर्माण, राहत वितरण गर्नु पर्ने व्यक्तिहरुको तथ्यांक संकलन, स्थानीय राहत कोषको स्थापना तथा रकम संकलन, वडा तथा टोल स्तरीय राहत समिति निर्माण गरी सो समिति मार्फत राहत वितरण, दिर्घ रोगीहरुको स्वास्थ्य परिक्षण र स्वास्थ्यकर्मीद्धारा अत्यावश्यक औषधीहरु वितरण, घरदैलोमा गई सामाजिक सुरक्षा भत्ता वितरण, बिभिन्न ठाउँ हेल्थ डेस्क स्थापना स्वास्थ्य चेकजाँच, देशका भिन्न स्थानमा जोखिममा रहेका नागरिकको उद्दार, परिक्षणलाई प्रभावकारी बनाउन सहयोग लगायत भए गरेका कामहरु र आगामी दिनमा गर्नुपर्ने कामहरुको अनुभव आदानप्रदान भएको प्रदेश व्यवस्थापक झंकर बहादुर कुँवरले बताए ।
यस अवधिमा लकडाउनको कार्यान्वयनमा चुनौती, परिक्षणको सिमितता भएकाले त्यसलाई व्यापक बनाउन नसकिएको, राहत आवश्यक पर्ने मानिसको संख्या दिन प्रतिदिन थपिदै जान थालेकोले उनीहरुको अपेक्षा सम्बोधन गर्न समस्या भएको, दक्ष स्वास्थ्यकर्मीको अभाव लगातयका चुनौतिहरुको सामना गर्नुपरेको नगर प्रमुख उपप्रमुखहरुले आपसमा सुनाएका थिए ।
बैठकले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनका लागि अन्य नगरपालिकाहरुको समेत सुुझावहरु समेटी ध्यानाकर्षण पत्र बुुझाउने निर्णय गरेको प्रदेश व्यवस्थापक कुँवरले बताएका छन् ।
संघका सुदूरपश्चिम प्रदेश संयोजक एवं पाटन नगरपालिका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा धनगढी उपमहानगरका प्रमुख नृप बहादुर वड, वेदकोट नगरपालिका अशोक चन्द, दिपायल सिलगढी नगरपालिका डोटीका प्रमुख मञ्जु मलासी धनगढीकी उपप्रमुख सुशिला मिश्र (भट्ट), बडिमालिका बाजुराका नगरप्रमुख पदम बडुवाल, कृष्णपुर नगरपालिका, कञ्चनपुरकी उप्रप्रमुख रमिता राना, कमलबजार नगरपालिका अछामका भूमिशरण ढकाल, पुर्चौडी नगरपालिका बैतडीका प्रमुख रण बहादुर कुँवर बुढीनन्दा बाजुराका उपप्रमुख सृष्टी रेग्मी, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटा, नेपाल नगरपालिका संघका प्रदेश व्यस्थापक झंकर बहादुर कुँवर र नेपाल नगरपालिका संघका सूचना संजाल संयोजक प्रमोद श्रेष्ठको सहभागिता रहेको थियो ।