नगरपालिकाका ११ योजना अख्तियारको छानविनमा

नगरपालिकाका ११ योजना अख्तियारको छानविनमा

११ माघ (बाजुरा)
बाजुराको बुढीनन्दा नगरपालिकाका ११ वटा योजानाहरुमा आर्थिक अनियमिता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि फाइल पठाउन नगरपालिकालाई पत्राचार गरेको छ । प्रक्रिया नपुगेरै रकम भुक्तान िगरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कन्चनपुर कार्यालयले पत्र पठाउदै फाइल झिकाएको हो । योजनाहरु मध्ये वडा न ७ मा निर्माण भएको डम्पिङ्ग साईड, स्वयमसेवक शिक्षक नियुक्ति प्रक्रिया, कोल्टी बृहत खानेपान ियोजना, बड्डीगाड खोला लघुजलविद्युत आयोजना, बडा न ५ को छातिकोट खानेपानि योजनाह?को छानविनका लागि फाइल झिकाएको छ । त्यस्तै भिडगाउँ बड्डाला जैलु शिराडी बृहत खानेपानि योजना, भारतीय दुताबासको सहयोगमा निमार्णाधनि रहेको जनप्रकाश माध्यामिक विधालयको भबन, स्वास्थ्य क्षेत्रका कर्मचारीको खटनपठन र पदस्थापना प्रक्रिया, सामाजिक विकास मन्त्रालय धनगढीद्धारा सञ्चालन गरेको स्वास्थ्य शिविरको खर्च, नगरपालिकाको जग्गा खरीद प्रत्रियाका र कोल्टी पोरखे सडक मर्मत योजनाको प्राविधिक लागत स्टमेट, नापीकिताव, कार्यसम्पन्न प्रतिबेदन, उपभोक्त समिति गठन प्रत्रिया, अनुगमन प्रतिबेदन, टेन्डर प्रक्रियाहरुका फाइलह? अख्तियारमा झिकाउन निर्देशन गरेको छ ।