धुलाम्मे धनगढी, ठेकेदारको पुरानै गतिमति (फोटो फिचर)

धुलाम्मे धनगढी, ठेकेदारको पुरानै गतिमति (फोटो फिचर)

सुदीप थापा, ४ चैत (धनगढी)
निर्माणाधिन धनगढी अत्तरिया सडकको धुलोले आसपासको वातावरण बसिनसक्नु छ । गर्मीयाम चर्कदै गएपछि स्थानीयलाई सास्ती पनि थपिदै गएको छ ।
अत्तरिया–धनगढी सडक आयोजनाको म्याद थप गरिएपछि निर्माण कम्पनीहरुले फेरि पुरानै गतिमति देखाएका छन् । अत्तरियादेखि मोहना पुलसम्मको करिब १४ किलोमिटर लामो सडक ६ लेनको निर्माण गर्न ०७४ सालमै तीनवटा प्याकेजमा ठेक्का भएर गएको जेठभित्र सम्पन्न गर्नुपर्ने सर्त थियो ।
बीचमा म्याद नथपिने भनिएपछि जुर्मुराएका ठेकेदार कम्पनी एक बर्ष म्याद थप भएपछि पुरानै अवस्थामा छन् ।