धरमरमा ओली सरकार

धरमरमा ओली सरकार

१५ बैशाख (काठमाण्डौं)
अठात् ल्याइएको अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षात्मक बनेका छन् । अप्ठेरोमा परेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरिरहेका छन्  ।
प्रधानमन्त्री ओली यस्तो अवस्थामा पुगेका छन् कि उनले आगामी दिनमा पार्टीको विधानअनुसार आफू चल्ने र पार्टी निर्देशनअनुसार सरकार चलाउने भन्दै नेपाललाई समझदारीको प्रस्तावसमेत पठाएका छन् । त्यो संगै उनले ती वटा विकल्प मान्न आफु तयार रहेको संदेश दिएका छन् । जसमा सबै पक्षलाई समेट्ने गरी मुख्यमन्त्रीहरू परिवर्तन, समान सहभागिता हुने गरी मन्त्रिपरिषद् हेरफेर र आफ्नो निजी सचिवालयका सदस्य परिवर्तन गर्न सकिने प्रस्ताव रहेको छ ।
स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका हुन् । यो अवस्थामा अध्यक्ष दाहाल र नेपालले बैठक नै बोलाएर प्रधानमन्त्री ओलीका कामको समीक्षा गर्ने दिशामा अघि बढ्न थालेपछि बालुवाटारबाट मिलेर जाऔं भन्ने प्रस्ताव आएको हो । प्रधानमन्त्री ओलीनिकट नेताहरूले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई छुट्टाछुट्टै भेटेर मिलेर जाने भन्ने ओलीको सन्देश पुर्याएका हुन् ।