धनगढी डाइग्नोेस्टिक्सले मनायो तेस्रो वार्षिकोत्सव

धनगढी डाइग्नोेस्टिक्सले मनायो तेस्रो वार्षिकोत्सव

२६ फागुन (धनगढी)
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले सोमबार तेस्रो बार्षिकोत्सव मनाएको छ । स्वास्थ्य हब बन्दै गएको धनगढीमा धनगढी डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर अध्याधुनिक प्रविधि जडित ल्याब हो ।
एयसक्राफ्ट म्यूजियम अगाडीपट्टि रहेको डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक महेन्द्र साउँदका अनुसार हालसम्म ६ सय ७० जनाको निःशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरिएको छ ।
सेन्टरका अध्यक्ष मीनबहादुर धामीको अध्यक्षतामा वार्षिकोत्सव समारोह सञ्चालन गरिएको हो । सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमर प्रमुख अतिथी रहेको समारोहमा बरिष्ट चिकित्सक डा. निराजनदत्त शर्मा पौडेलको पनि उपस्थिती रहेको थियो । त्यसक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।