धनगढी गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने : प्रधानमन्त्री देउवा
कैलालीको गेटामा निर्माण भएको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्री देउवाले बताएका छन् ।
प्रधानमन्त्री देउवाले आज धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा आउन सकेको छैन । यसै विषयमा देउवाले तत्काल विधेयक ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । सो क्रममा धनगढी उपमहानगरका मेयर गोपाल हमालले गेटालाई विश्वविद्यालय वा प्रतिष्ठानका रूपमा अगाडि बढाउनु उपयुक्त हुने धारणा राखेका छन् ।