धनगढीमा मास्क नलगाउने १६६ जनालाई कार्वाही
उत्तम थापा, २१, साउन (धनगढी)
जिल्ला प्रशासन कार्यालय कैलालीले हालसम्म मास्क नलगाएर सार्वजनिक स्थानमा हिड्ने १६६ जनालाई कार्वाही गरेको जनाएको छ । त्यसबाट १६ हजार ६ सय राजस्वसमेत संकलन भएको जनाइएको छ । सवारी साधन प्रयोगकर्ताले मास्क नलगाए कार्वाहीमा कडाई गरिने कैलाली जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी शिवराज जोशीले जनकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सरुवा रोग संक्रमण ऐन २०२० मुताविक काम कार्वाही अगाडी वढाइएको उनले जानकारी दिए । कार्वाही अन्तर्गत १ महिना कैद र एक सय जरिवाना हुने र हालसम्म १६६ जना कार्वाहीमा परिसकेको उनले बताए ।
कार्वाही वाफत हालसम्म १६ हजार ६ सय राजस्व संकलन गरिएको र बुधवार धनगढीमा भएको चेक जाँचका क्रममा मास्क नलगाएर कार्वाहीमा परेका वाट ६ हजार ६ सय राजस्व संकलन भएको उनले जानकारी दिए ।
कैलालीको अन्य पालिकामा सवारी चेकजाँचलाई कडाई गरिएको र अर्का सुचना प्रकाशित नभएसम्म काम कार्वाहीलाई निरन्तत अगाडी बढाउने उनले बताए ।
जिल्ला प्रसासन कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला ट्राफिक कार्यालय कैलालीको संंयुक्त रुपमा काम कार्वाही गरिरहेको उनको भनाई छ ।