धनगढीमा महिला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

धनगढीमा महिला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

सुदीप थापा, पुस १८ (धनगढी)
धनगढीमा प्रथम विद्यालय स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा यही पौष २७ गतेदेखि माघ ४ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
धनगढीको संघीय ईकाई प्रहरी सेती कार्यालयको खेल मैदानमा प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा धनगढी क्षेत्रका ७ विद्यालयको सहभागिता रहनेछ । त्रिभुवन उमावि बोराडांडी, ब्रोडभिजन एकेडेमी चटकपुर, राष्ट्रिय मावि उत्तरबेहडी, शारदा उमावि बैय्याबेहडी, क्यास्पियन एकेडेमी बालमन्दिर, एरिस्टो इबो स्कुल क्याम्पसरोड, र धनगढी उमावि धनगढी गाउँले प्रतियोगितामा सहभागीता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।