धनगढीमा दुध दिवस मनाइयो
९, असोज (धनगढी)
नेपाल डेरी ऐसोशियसनको आयोजनामा बुधबार चौथो विश्व स्कुल दुग्ध दिवस धनगढीमा मनाइएको छ । ‘स्वच्छ दुध सेवन, दीर्घ जीवनयापन’ भन्ने मुलनाराका साथ दिवस मनाइएको हो । त्यस अवसरमा धनगढी उपमहानगरपलिका ३ मा रहेको शिव पार्वती अधारमूल विद्यालयमा नेपाल डेरी एशोसियसन सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधिलगायतको उपस्थितहरुलाई खिर खुवाएर स्वागत गरिएको थियो । जन्मदेखि मृत्युसम्म दुधको आवश्यकता पर्ने भएकाले दुध व्यवस्थापन गरी माग पुर्तिमा सरकारले चासो दिनुपर्ने थापाले बताए ।
कार्यक्रममा एशोसियसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले दुधको प्रयोग बारे आफुहरुले जानकारी गराउँदै आएको बताए । दुध मानव स्वस्थ्यका लागिसमेत अति आवश्यक पदार्थ भएकाले सबैले यस्को प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष बल बहादुर ऐरले अन्य पेय पदार्थमा फजुल खर्च गर्नुभन्दा सबै नागरिकले परिवारमा दुध सेवनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले दुधको व्यवसायिक विकासकालागि वडा स्तरबाट आफुले पहल गर्ने बताए । कार्यक्रमा एशोसियसनकी प्रदेश सदस्य भागरथी कार्कीले स्वागत गरेकी थिइन् ।