धनगढीमा खाना महोत्सव हुँदै

धनगढीमा खाना महोत्सव हुँदै

सुदीप थापा, १२ फागुन (धनगढी)
पहिलो पटक धनगढीमा खान महोत्सव हुन लागेको छ । यही फागुन १४ देखि सुरु हुने महोत्सवमा सुदूरपश्चिमका मौलिक परिकारहरु रहनेछन् ।
‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने नाराका साथ होटल व्यवसायी संघ कैलालीले महोत्सवको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा सुदूरपश्चिमका जिल्लाहरुको परम्परागत खानाका परिकारहरु, यस क्षेत्रका विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदायका जातजातीका खानाका परिकारहरुलाई भेषभुषा परम्परा संस्कार झल्कने गरी उजागर गराउने कार्यक्रमको लक्ष्य रहेको होटल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए ।
प्रवेश शुल्क निशुल्क हुने उक्त महोत्सव धनगढी खुलामञ्चमा आयोजना हुने छ । प्लास्टिकजन्य वस्तुहरु निषेध गरिने महोत्सवमा ग्लोवल नेष्लिज सेफ फेडरेसनका केन्द्रिय अध्यक्ष लक्ष्मण भण्डारीको स्टलमा हरेक दिन हजार लिटरको भाडोमा फाडो पकाउने र सवै भन्दा ठुलो आकारको भक्के रोटी पकाउने र सिङ्गो खसीको वार विक्यु बनाउने नयाँ कार्यक्रम गरीने जानकारी दिए । पहिलो पटक हुने खाना महोत्सव २०७६ ले आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।