दैनिक उपभोग्यवस्तुको अभाव हुन दिन्नौ मन्त्री भट्ट

दैनिक उपभोग्यवस्तुको अभाव हुन दिन्नौ मन्त्री भट्ट

१५ चैत (धनगढी)
अप्ठेरो परिस्थितीमासमेत सुदूरपश्चिममा खाद्यान्न लगायत दैनिक उपभोग्यवस्तुको अभाव हुन नदिने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीले बताइन् ।
सरकारले देशभर लकडाउन गरेपछि सर्वसाधारणलाई खाध्यन्न लगायतका सामग्रीको अभाव हुन थालेको छ । त्यसका लागि प्रभावकारी कदम चालिरहेको मन्त्रीको भनाई छ ।
लकडाउन अवधिमा सर्वसाधारणलाई खाध्य लगायतका सामग्री सहज आपुर्तिकालागि स्थानियस्तरमा प्रभावकारी ढङगले अनुगमन गरि आवश्यक परे पहाडी जिल्लामा ढुवानीकालागि प्रबन्ध गरिने मन्त्री भट्टको भनाई छ । शनिवार मन्त्रीपरिषदको बैठक लगत्तै मन्त्रालयमा मन्त्री भट्टको अध्यक्षतामा बसेको सरोकावालाहरूको बैठकपछि मन्त्री भट्टले उक्त कुरा बताएकी हुन् ।
बैठकमा मन्त्रालयका निमित्त सचिव जनक पाध्या, कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैठकपछि मन्त्रालयका निमित सचिव जनक पाध्याले सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन जिल्ला स्तरमा रहेका सरोकारवाला निकायवाट स्थलगत रिपोर्ट अध्ययन गरि थप कदम चाल्ने बताए ।
अभाव हुन नदिने भन्दै हाललाई ६ महिना पुग्ने खाध्यन्न लगायतका सामग्री मौज्दात रहेको बताए । बजारमा कृतिम अभाव हुन नदिने गरी योजना बनेको भन्दै उनले कृतिम अभाव हुन नदिन जिल्ला स्तरमा सहायक प्रजिअको संयोजकत्वमा एउटा अनुगमन समिति क्रियाशील रहेको जानकारी दिए ।
जिल्लामा घरेलु अधिकृतको संयोजकत्वमा अर्को समिती पनि क्रियाशील रहेको भन्दै उनले जिल्लामा क्रियाशील समितीवाट अवस्था वुझ्ने काम भइरहेको निमित्त सचिव जनक पाध्याले जानकारी दिए ।