दूग्ध व्यवसायलाई विविधिकरण गर्नुपर्नेमा जोड
सुदीप थापा, ०७ माघ (धनगढी)
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पुर्व सचिव डा. महेशप्रसाद बिष्टले दूग्ध व्यवसायलाई विविधिकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल डेरी एसोसियसनको २१औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित सचिव बिष्टले उक्त कुरा बताएका हुन् ।
आफु अवकास पाए पनि आफ्नो आगामी जीवनमा पनी कृषि तथा डेरी क्षेत्रमा निरन्तर सहयोग गरिरहने उनको भनाई छ । सेवा कालको अवधिको सिकाई र अनुभव आगामी दिनमासमेत कृषि क्षेत्रके हीत र उन्नतीका लागि प्रयोग गरिरहने उनको भनाई थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल डेरी एशोसियसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमाल, कैलाली भेटेनेरी तालिम केन्द्रका प्रमुख डा. बसन्त सिंह, भुमि व्यवस्था तथा कृषि मन्त्रालयका माहाशाखा प्रमुख हेमराज अवस्थी, विउविजन केन्द्रका महासचिव विस्णु बुर्लाकोटी, नेपाल डेरी एसोसियसनका सुदूरपश्चिम कमिटि अध्यक्ष भुपेन्द्र थापा, खप्तड डेरीका सञ्चालक रविन्द्र पन्त लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य नेपाल डेरी एसोशियसनका केन्द्रिय उपाध्यक्ष हमालले गरेको थिए भने कार्यक्रमको सञ्चालन एसोशियसनका सचिव डम्मरा दियाकोटीले गरेको थिइन् । कार्यक्रममा न्यु आँचल डेरी धनगढीका सञ्चालक लगाएत अन्य ६० व्यवसायीहरुको सहभागिता रेहेको थियो ।