दुर्गममा उज्यालो क्रान्ति
८ कार्तिक (बाजुरा)
‘उहिलेजस्तो झरोको दियालो खोज्नुपर्ने अवस्था अहिले छैन्’ कैलाशमाण्डौंको भित्री कुनामा पर्ने गणीगाउ“का लालबहादुर बुढाले भने ‘गाउ“घर झिलिमिली भएका छन् । नगरपालिकामा बत्ति नपुगेको कुनै वस्ती छैन ।’ दुर्गम बाजुराका वस्तीहरुमा विजुली पुगेपछि झिलिमिली भएका छन् ।
राष्ट्रिय प्रशारण लाइन नपुगेका थोरै जिल्लामध्येको एक हो बाजुरा । तर स्थानीय खोला र नदीहरूमा लघु जलविद्युत् आयोजना निर्माण भएपछि बाजुरामा दुरदराजका गाउ“घरसमेत झिलिमिली भएका छन् । ‘रातीको बेला वारिबाट पारि र पारिबाट वारि झिलिमिली देखिन्छन्’ तोलीका शेरबहादुर शाहीले भने ‘बाजुराले उज्यालोमा फड्को मा¥यो ।’ गरिबी सूचांकमा सबैभन्दा पुछारमा भएपनि गाउ“वस्ती झिलिमिली हुने विजुली देख्दा रमाइलो लाग्ने गरेको शाही बताउ“छन् ।
हिमाली र गौमुलका केही गाउ“ र जेराबाहेक सबै गाउ“मा विजुली सुविधा पुगेको छ । नपुगेका ठाउ“मा पनि योजनाहरु निर्माणाधिन छन् । गाउ“लेहरुले विभिन्न निकायस“ग सहयोग जुटाएर आप्mनै ब्यवस्थापनमा लघु जलविधुत आयोजनाहरु निर्माण गरेका हुन् ।
९ वटा स्थानीय तह रहेको बाजुरामा सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा पहिल्यैदेखि २ सय किलोवाट क्षमताको साना जलविधुत आयोजना सञ्चालनमै थियो । त्यसबाहेक अन्यत्र क्षेत्रका वस्तीहरुमा विरलै विजुली पुगेको थियो । हाल जिल्लाभर ३० वटा आयोजनाहरुबाट १ हजार ८ सयबढी किलोवाट विधुत उत्पादन भइरहेको सम्बन्धित पालिकाहरुको तथ्यांकले जनाएको छ । बुढीगंगामा ४, त्रिवेणीमा ६, खप्तड छेडेदहमा ४, बुढीनन्दामा १०, जगन्नाथमा २ र गौमुलमा ६ वटा योजनाहरु सञ्चालनमा छन् । हिमालीमा बा“धु र पाणीमा २ वटा सञ्चालनमा छन् । स्वामिकार्तिक गाउ“पालिकाका जेराबाहेकका बासिन्दालाई जुड्डी र पीलुचौरको विधुत उपलब्ध भइरहको छ । निर्माणधिन अवस्थामा रहेको योजना कार्तिक मसान्तसम्म पुरा हुन सक्ने स्थानीय नीरबहादुर शाहीले बताए । उनले भने ‘५० किलोवाट क्षमताको आयोजना अन्तिम चरणमा छ । जेरामा बिजुली पुगे पुरै पालिका अध्यारोमूक्त हुनेछ ।’ कतिपय गाउ“लेहरुले पेल्ट्रिक सेट जडान गरेर पनि ५ किलोवाटसम्म विजुली उत्पाद गरेका छन् ।
हिमाली गाउ“पालिकाको बा“धु र पाणी बाहेकका गाउ“हरु विजुलीबाट बञ्चित छन् । कवाडीमा निर्माणाधिन सय किलोवाट क्षमताको योजना आउदो वैशाखमा सम्पन्न हुने गाउ“पालिकाका अध्यक्ष गोविन्द मल्ल बताउ“छन् । गौमुलमा अन्द्राणी, मल्दुगुन र माणीमा बिजुली पुगको छैन । अन्त्राणी सबैभन्दा कान्छो गाउ“ भनेर चिनिदै आएको छ । खप्तड छेडेदहका लमगाउ“, गुम्लागाउ“ डोगडालगायतका केही वस्तीबाहेकमा विजुली पुगेको गाउ“पालिका अध्यक्ष नरबहादुर रावतले बताए । उनले भने ‘विजुली नभएको गाउ“का बासिन्दालाई राष्ट्रिय प्रशारण लाइन पर्खन भनेका छौं’ अध्यक्ष रावतले भने ‘राष्ट्रिय प्रशारण लाइन निर्माणको काम पनि भइरहेको देखेका छौं ।’
स्थानीय खोलानालाबाट स्थानीयले ५ किलोवाटदेखि सय किलोवाटसम्म विद्युत उत्पादन गरेका छन् । अझै कतिपय आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । सबैजसोमा उपभोक्ता समितिले काम गरेका छन् । ‘बाजुराको परिचय गरिबी र विपन्नताको मात्रै होइन, अब उज्यालो जिल्लाका रुपमा परिचित हुने अवस्था छ’ नागरिक समाजका अगुवा नीरबहादुर शाही भन्छन् । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकायाले २५ हजार परिवार संख्या रहेको बाजुरामा २० हजार बढी परिवारलाई विजुलीमा पहु“च प्राप्त भएको बताए ।
बिजुली पुगेको समुदाय रहेका वस्तीहरु अरु भन्दा अगाडी देखिएको स्थानीय बासिन्दाहरु बताउ“छन् । विधुत सेवा भएपछि कुटानिपिसानी, फर्निचर निर्माणका उपकरण जडानमा सजिलो भएको छ । विकटका बासिन्दाहरुले पनि घरमा टेलिभिजन हेर्न पाएका छन् । विद्यालयहरूले कम्प्युटर शिक्षा लागु गरेका छन् । स्वास्थ्य संस्थाहरूलाई खोपलगायतका सेवा प्रदान गर्न सजिलो भएको टा“टे स्वास्थ्य चौकीका प्रमुख दिपक शाह बताउ“छन् ।
गाउ“लेहरु आफैले निर्माण गरेका लघु जलविद्युत आयोजनाहरुले रोजगारी समेत सिर्जना गरेको स्थानीय बासिन्दाहरु बताउ“छन् । ‘आयोजना निर्माण गर्ने बेला सर्वसाधारणले काम पाउ“छन् । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि ब्यवस्थापन कार्यमा स्थानीयले काम पाउने गरेका छन्’ बार्जुगाढ लघुजलविद्युत आयोजनाका ब्यवस्थापक धर्म जैशीले भने ‘मासिक न्यूनतम एक सय रुपैया महशुल निर्धारण गरेका छौं ।’
कान्तिपुरबाट