दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

१२ भदौं (काठमाण्डौं
नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ ।
यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ पुलिससँग हतियार हुँदैन ।
शान्ति सुरक्षमा खटिने अधिकांश पुलिसहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ । अधिकांश पुलिससँग हतियार नहुने दुनियाँका केही देश यी हुन् ः
१. आइसल्याण्ड ः करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग हतियार हुन्छ । एकातर्फ नागरिकहरु हतियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय पुलिसहरु विना हातहतियार सुरक्षा कार्यमा खटिएका हुन्छन् । आइसल्याण्डमा अपराधको दर निकै कम छ । नागरिकहरुसँग भएको हतियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ ।
२. आयरल्याण्ड ः अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५(३० प्रतिशत पुलिस अधिकारीहरुले मात्र बन्दुक बोक्दछन् । ७५ प्रतिशत पुलिसले त बन्दुक चलाउने तालिम नै लिएका हुँदैनन् । त्यसैले उनीहरुले बन्दुक बोक्ने कुरै भएन ।
३. न्युजिल्याण्ड ः दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन पुलिस अधिकारीहरुसँग मात्र ह्याण्डगन हुन्छ । अरु पुलिसहरुले निजी हतियार राख्दैनन् ।
४. नर्वे ः विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि पुलिसले खासै हतियार बोक्दैनन् । अपराधीलाई तर्साउनका लागि पुलिसले हतियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ । सन् २०११ मा नर्वेमा एकजना हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यतिबेला पनि पुलिसले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो ।