दिनभर खटनपटनमै ब्यस्त मन्त्री सुवेदी
१० चैत (धनगढी)
नेपालभर कोरोना भाइरसको संत्रास बढेको र सुदूरपश्चिम उच्च जोखिममा रहेको अवस्थामा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पछिल्लो तीन दिनयता आफ्नो खटनपटन बढाएको छन् । पछिल्ला दिनमा उनी विहानैदेखि राति अबेरसम्म स्थलगत निरीक्षण, अत्यावश्यक बैठकहरु र योजना निर्माणमा खटिरहेका देखिन्छन् ।
स्वास्थ्य निर्देशकसहित सामाजिक विकास मन्त्रालयको टीमले तत्काल क्वारेन्टाइन र आइसोलेसन बेडहरु स्थापना गर्ने निर्णय आइतबार गरेको थियो । सोही निर्णयका आधारमा उपयूक्त स्थानको खोजी गरेका मन्त्री सुवेदीले सोमबार विहानै साढे ६ बजेदेखि स्वास्थ्य निर्देशनालयको टीमसहित सामाजिक विकास मन्त्रालयका अधिकृतहरु, डब्लुएचओ र चिकित्सकहरुसहित क्वारेन्टाइन, आइसोलेसन निर्माण गर्न धनगढी रंगशालाको अवलोकन गर्न पुगेका थिए । रंगशाला नै उपयूक्त हुने निष्कर्ष निकालेपछि दिउसैदेखि काम सुरु भएको थियो । त्यही आधारमा रंगशालाको मैदानमा सेनाले सोमबार अपरान्ह्रभित्र २० घर आइसोलेसन कक्षहरु तयार गरेको मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले बताए । २ सय बेड क्वारेन्टाइन बनाउने काम भाेलीसम्म पुरा हुने उनले बताए ।
त्यस बाहेक मन्त्री सुवेदीले सामेबार मन्त्रालयमा समिक्षा बैठक पनि सम्पन्न गरे । बैठकमा आवश्यक रकमको अनुमान र माग गर्नेसम्बन्धमा कर्मचारीलाई निर्देशन दिएका थिए । त्यस बोहक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई आवश्यक उपकरण र सामग्रीहरु तत्काल प्रवन्ध गर्न भने । त्यसक्रममा उनले मंगलबारसम्म जुनसूकै हालतमा व्यवस्थापन गर्न निर्देशन दिएका थिए । साँझ मुख्यमन्त्री त्रिलोचन भट्टसहित पुनः रंगशालामा भइरहेको प्रगति अवलोकन पुगेका थिए ।
सोमबार नै उनले चिकित्सक टोलीसंग परामर्श गरी आवश्यक अवस्थाको बारेमा छलफल गरेका छन् । साथै उनले सबै पालिकाहरु हाल कामचलाउभन्दा बढी संख्यामा रहेका चिकित्सकहरुलाई स्वास्थ्य निर्देशनालयमा काजमा झिकाएर धनगढीमा खटिने स्वास्थ्य उपचार टोलीसंगै राख्ने तयारी गराइएको स्वकीय सचिव धामीले बताएका छन् । मन्त्रालयले चार वटा टिम बनाएर कार्य गरिरहेकेा छ । चिकित्सक टाेलीकाे अगुवाइ डा हेमराज पाण्डे मन्त्रालयमा डा चेतराज पन्त र नरेन्द्रसिह कार्की र डा गुणराज अवस्थीले बेग्लाबेग्लै कामकाे अगुवाइ गरिरहेका छन् ।
मन्त्रीको खटनपटल र व्यवस्थापकीय प्रगतिले सरकारी संरचनाले परेको बेला कसरी कार्य व्यवस्थापन गर्न सक्छ भन्ने नमुना उदाहरण प्रस्तुत गरेको कतिपयले टिप्पणी गरेका छन् ।
