कालापानीमा सुरक्षाकर्मी खटाऊ- सांसदहरु
२२ कार्तिक (दार्चुला)
दार्चुलाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले शुक्रबार दार्चुलाबाटै एक विज्ञप्ति प्रकाशित गर्दै भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि कालापानीलाई आप्mनो देशको जमिन भएको उल्लेख गरेको आलोचना गरेका छन् । प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना र प्रदेशसभा सांसदहरु गेल्वुसिंह गुरुग र मानबहादुर धामीले सयूक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् उनीहरुले कालापानीमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न र दार्चुला टिंकर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिन आग्रह गरेका छन् । सरकारले तत्काल कुटनीतिक पहल गरि समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।