दशरथको जन्मघर चिटिक्क
१६ माघ (बैतडी)
आज शहीद दिवस । प्रजातन्त्रका लािग जीवन अर्पण गर्ने महान शहीदहरुप्रति देशैभर सम्मान र स्मरण गरिँदै ५ । यसै क्रममा महान शहीद दशरथ चन्दको जन्म घरलाई सजाएर चिटिक्क बनाइएको छ । बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको सहिद जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र दशरथचन्द नगरपालिकाको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको हो ।
अहिले घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ । आँगन फराकिलो बनाइएको छ । घरबाहिर दशरथको सालिक निर्माण गरिएको छ । घर जाने बाटोमा प्रवेशद्वार निर्माण भइरहेको छ । दशरथ जन्मिएको घरमा निस्शुल्क बास बस्न मिल्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । २० लाखभन्दा बढी रकम खर्च गरेर मर्मतसम्भार गरिएको प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले बताए । यसका लागि नगरपालिकाले बजेट उपलब्ध गराएको थियो । ‘बजेट अभावले अझै राम्रो व्यवस्थापन गर्न सकिएको छैन, केही काम गर्न बाँकी छ,’ उनले भने ।