दलित पत्रकार संघ सुदूरपश्चिमको अधिवेशन सम्पन्न
२६ पुस (धनगढी)
शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकार दलितहरुको अधिवेशन भएको छ ।
भेलाले पत्रकार भीम बिकको अध्यक्षतामा क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम समिति गठन गरेको छ । कमिटिको उपाध्यक्ष प्रदीप मलासी, महासचिव लालबहादुर एस के, सचिव सीपी लोहिया, धनराज विक, कोषाध्यक्ष रेशु बराइली, सहसचिव कृष्ण नेपाली चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा पूर्ण विक, हिक्मत वादी, खडक बहादुर कोली, अनिता विक, मानबहादुर विक, प्रकाश पार्की, पे्रमराम लोहार, आरती एस के, बिक्रम परियार, जगत जयगढी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन हुनुभएको छ ।
अध्यक्ष भीम टीकापुरबाट प्रकाशन हुने सुदूर सन्दर्भका सम्पादक, सचिव धनराज सामुदायिक रेडियो टीकापुरका कला संवाददाता र सदस्य पूर्ण विक सामुदायिक रेडियो टीकापुरका पत्रकार हुनुहुन्छ ।
संघको कैलाली अध्यक्षमा महेश महर चयन हुनुभएको छ । भेलाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामीला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका ६५ जना क्रियाशील पत्रकार दलितहरुको उपस्थिति रहेको थियो ।