थोरै मात्र बुद्धिजीवी छन् , मैले बोलेको बुझ्ने : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् ।
नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरेका छन् । एमालेलाई सिध्याउन धेरै प्रयास भए , बदनाम गर्न खोजियो , उनले भने, मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु , उनीहरु उखान टुक्का भन्छन् । उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो ।