त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा
१७ कार्तिक (काठमाण्डौं)
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । मन्त्रिपरिषद्ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष रहेका बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।
बाँस्कोटा राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्।