त्रसित नहुनु, तर सचेत रहन आग्रह
२१ फागुन (धनगढी)
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले विश्वव्यापीर रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक सतर्कता अपनाउन र त्रास फैलाउने भ्रामक संदेशहरुबाट सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमण हुने सक्ने सम्भावनाप्रति सतर्क रहन आव्ह्रान गरेको हो । मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरिएकाे बताएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयलेसमेत भ्रामक संदेशहरुबाट अनावश्यक त्रास उत्पन्न भएर मानसिक त्रास पैदा हुने भएकाले सरकारी निकायका आधिकारिक संदेशहरुमा ख्याल गर्नुपर्नेमा जोड दिएको छ । यसैबीच मन्त्रालयले काेराेनाकाे सक्रमणाबा६ जाेगिन विभिन्न उपायसहित सार्वजनिक अपील जारी गरेकाे छ ।