तराईमा भोलीसम्म हुस्सु

तराईमा भोलीसम्म हुस्सु

सुदीप थापा, ३ मंसिर (धनगढी)
तीन दिन अघिदेखि सुरु भएको हुस्सु र शीतलहर शनिबारसम्म कायम रहने मौषम विद्हरुले जानकारी गराएका छन् । अबको २४ घण्टा पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र तापक्रम घट्नेऽ घाम नलाग्ने र चिसो बढ्ने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेको छ ।
अबको २४ घण्टा पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम महाशाखाले बताएकाे छ।
तराईसँगै पहाडी र हिमाली जिल्लामा पनि चिसो बढेको छ । पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण पश्चिम तराई तीन दिनदेखि अत्यधिक प्रभावित छ । यहाँका बासिन्दाकाे दिनचर्या कष्टकर बनेकाे छ ।