डोटी जिल्लामा ठुलो असिना पानी ,धान खेतीमा क्षेती

डोटी जिल्लामा ठुलो असिना पानी ,धान खेतीमा क्षेती

सुदुरपश्‍चिम प्रदेश डोटी जिल्लामा ठुलो असिना पानी परेको छ।जिल्ला प्रसासन कार्यालय डोटीका अनुसार सायल र आदर्श गाउँपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा भारी वर्षासँगै असिना परको हो।

आज अपरान्ह ३ बजेबाट असिना पानी परेको सायल गाउँपालिका वडा नं १ का वडा सदस्य चन्द्र रोकायाले बताउनु भयो।आज अकल्पनीय रुपमा आएको असिना पानीले किसान हरुले बाली नाली भित्र्याउने बेलाको धान खेती सखाप परेको रोकायाले जानकारी गराउनु भयो।

गत बर्ष पनी असोज २६ देखी कार्तीक ३ सम्म परेको अबिरल बर्षाका कारण डोटी जिल्लामा ठुलो क्षेती भयको थियो।बाढी पिडित हरुलाई क्षेती पुर्ती दिने सरकारले घोषणा गरेतापनी हाल सम्म बाढी पिडितहरुले कुनै क्षेती पुर्ती पाएका छैनन्।

बाढी पिडित हरुलाई आवश्यक क्षेती पुर्ती दिन समयमै सरकारको ध्यान जाओस।