ट्रम्पको सुरक्षामा खटाइयो पाँच लंगुर !

ट्रम्पको सुरक्षामा खटाइयो पाँच लंगुर !

१२ फागुन (नयाँ दिल्ली)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच लंगुर पनि खटाइएको छ । सोमबार दुई दिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प भारत आइपुगेका छन् ।
उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन् ।
ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ।
उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ ।
राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागी जनाउने बिबिसी हिन्दीले बताएको छ।