झापाको बिर्तामोडबाट युट्युबर पक्राउ

झापाको बिर्तामोडबाट युट्युबर पक्राउ

झापा – व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा झापास्थित बिर्तामोडबाट युट्युबर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र नाम नखुलेका एकजना रहेका छन् । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी बिनाअनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने इलाका प्रहरी कार्यालयका प्रमुख, डीएसपी सन्तोस आचार्यले जानकारी दिए ।  १ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत गोपनीयता हनन् भएको भन्दै पीडितले दिएको सुचनाका आधारमा युट्युबर प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युट्युबरले आफूहरूको व्यक्तिगत कुरा बाहिर ल्याएको भन्दै भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । घटनामा संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।इकागज