झकिझकाउ पश्चिम तराईका नदी किनार
१७ कार्तिक (धनगढी)
धनगढीस्थित मोहना नदी किनार दुलहीझै सिंगारिएको छ । छठ पूजा गर्ने ब्रतालुहरुले पुजा गर्नका लागि मोहना नदीलाई सिंगारेका छन् । धनगढीको चौराहादेखि गेटहरु बनाएका छन् । ४ वटा केराका थुम्बाको मण्डप बनाएर नदीमा देवताको मुर्ति थपना गरेका छन् । झिलीमिली बत्तिले मोहना घाटको रुप नै फेरिएको छ ।
उता कञ्चनपुरको महेन्द्रनगरमा बसोबास गर्ने तराई मुलका बासिन्दाले महाकाली नहर किनारलाई झकिझकाउ बनाइएका छन् । नदी किनारमा राखिएका फलफुल तथा पुजा सामग्रीले नहर किनार निकै आकर्षक देखिएको छ ।
‘छठ पर्व हिजैदेखि सुरु भइसक्यो । शनिवार छठको तेस्रो दिन । यस दिनमा अस्ताउ“दै गरेको सूर्यको अर्घ दिएर पूजा गरिन्छ’ छठ पुजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले भने ‘केहि बर्ष अघिसम्म पनि यहा“ छठ मनाउनेहरु ८/१० जना मात्रै थिए । अहिले २ सय भन्दा बढि त मण्डपहरु मात्रै बनेका छन् ।’
यहा“ हाम्रो समुदायका ५०/६० परिवारको बसोबास छ’ लामो समयदेखि महेन्द्रनगरमै बसोबास गरिरहेका जनकपुरका हरि ठाकुरले भने, ‘हरेक वर्ष छठको भीड बढ्दो छ ।’ उनले तराईबासी मात्रै नभएर पहाडी मुलका वासिन्दा समेत छठका बारेमा बुझ्न र जान्न थालेको बताए ।
छठ पुजा सेवा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलल पछिल्लो समय कैलालीमा बसोवास गर्ने मधेसीहरुले मोहना किनारमै छठ मनाउन थालेको बताए । ‘१० बर्षअघि हामीहरुले समिति बनाएर धनगढीमा छठ मनाउन सुरु गरेका हौं । त्यति बेला बाटोमा हि“ड्नेहरुलाई बोलाएर पूजामा सहभागी गराउ“थ्यौं’ सन्तोषले भने ‘अहिले पहाडी समुदायका मानिसहरु पनि छठमा सहभागि हुने गर्छन् । छठ पूजा गर्नेको संख्या सयौं हुन्छ ।’
उनले यस पर्वमा ब्रतालुहरुले मनोकामना पुरा होस भन्ने कामनाका साथ ७२ घण्टासम्म ब्रत बस्ने गरेको बताए । उनीहरु आइतबार विहान उदाउदै गरेको सुर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् । ‘रोगब्याधी निको भएको छ । पछिल्लो समय यहाका स्थानीयवासीले पनि छठको ब्रत बस्न थालेका छन्’ धनगढी सन्तोषी टोलका नन्दलाल गुप्ताले भने । उनले छठमा रातभर मोहना नदी छेउ भजनकिर्तन गरेर रात बिताउने गरेको सुनाए ।
शनिवार रातभर ब्रतालु र छठ पुजाका दर्शनार्थीहरुको लागि बिजुली, खानेपानी र सुरक्षाको विशेष ब्यवस्थासमेत गरिएको छठ पुजा सेवा समितिका सल्लाहकार सन्दिप साहले बताए । ‘मोहना किनारमा रातितिर अझ झकिझकाउ र आकर्षक देखिन्छ’ उनले भने ।
सामाजिक सद्भावका कारण अवलोकन गर्न आउने पहाडी समुदायका मानिसहरुको संख्या पनि उत्तिकै बाक्लो छ । उनीहरु आफुले छठ पर्व नमनाएपनि सद्भावका कारण आउने गरेको बताउ“छन् । ‘छठ हाम्रो पर्व त होइन् । तर हामीहरु हरेक बर्ष छठका दिनको नदीको सौन्दर्य हेर्न आउने गरेका छौं’ धनगढीकी पार्वती शर्माले भनिन् । उनीस“गै छठको रौनक हेर्न मोहना नदी किनार पुगेका मनीराज भट्ट पनि सिंगारिएको मोहना नदीको सुन्दरताले लोभ्याएको बताउ“छन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा झुप्पा–झुप्पा फल चढाउ“दा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहिआएको छ ।
![](https://ujyaalosandesh.com/wp-content/uploads/2019/11/Chath-Photo-2.jpg)
![](https://ujyaalosandesh.com/wp-content/uploads/2019/11/Chath-photo-1.jpg)