ज्ञानेन्द्र शाही कुटपीट घटनाको आलोचना
१२ असोज (काठमाण्डौं)
ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा आक्रमण भएपछि घटनाको धेरैतिरबाट आलोचना भएको छ । शाहीले नेपालका लागि नेपाली अभियानका नामबाट आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
चितवनको भरतपुरस्थित चौबिसकोठीमा आयोजना हुने लागेको कार्यक्रममा भाग लिन शनिबार उनी त्यहाँ पुग्दै गर्दा ढुंगामुढा गरेर घाइते बताइएको थियो । शाहीको टाउकोमा चोट लागेको छ ।
चितवन मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं पुर्याइएको छ । सोही घटनाको आलोचना भएको हो । आलोचना गर्नेहरुमा नेताहरुसमेत रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा, सत्तारुढ समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालगायत रहेका छन् । यस्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्र,
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।