जेसिजको अध्यक्षमा श्याम पाठक

जेसिजको अध्यक्षमा श्याम पाठक

सुदीप थापा, ६ पुस (धनगढी)
शनिबार राती भएको निर्वाचनबाट धनगढी जेसिजको अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन् । पाठकले ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी कमल पनेरुले ५३ मत ल्याएका छन् ।
कार्यकारी उपाध्यक्षमा रोशन भट्ट र सत्यराज जोशी निर्वाचित भए । यसैगरी उपाध्यक्षमा तर्कराज भट्ट, आशिष शाह, मनिष कुँवर र दीप रावत विजयी भए । उपाध्यक्षमा निर्वा्चित कुँवर बाहेक सबै पाठक प्यानलका हुन् । कूल मतदाता एक सय ३१ सदस्य रहेकामा एक जनाबाहेक सबै मतदानमा उपस्थित भएका थिए ।