जिम्मेवारीबाट पन्छिने कर्मचारीलाई कार्वाही
असार १२, (धनगढी)
कोरोना महामारी फैलिएको हालको अवस्थामा जिम्मेवारीबाट पञ्छिने कर्मचारीमाथि स्पस्टीकरण माग्ने र स्पष्टकरण नदिनेलाई विभागीय कावाराहीका लागि सिफारिस गरिएको जिल्ला समन्व्य समिति कैलालीका प्रमूख सूर्य बहादुर थापाले बताएका छन् ।
जिल्ला समन्व्य अधिकारी सिकिस्त विरामी भई उपचारका लागि भारतको दिल्लमिा रहेका बेला समन्व्य अधिकारी शाहीले शाखा अधिकृत सुनिल जोशीलाई निमित्त तोकेका थिए । लकडाउनका बेलामा जोशी पनि त्यति व्यस्त काम नभएको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय कैलालीको अनुमति लिएर नायव सुब्बा विरराम ताम्राकारलाई निमित्त तोकेर डोटी गएपछि निमित्तको भूमिकामा रहेका विरराम ताम्राकारले लकडाउनको अवधिभर कार्यालयमा नबस्ने ,हाजिर लगाएर घर गएर बस्ने गरेपछि जिल्ला समन्वयको काममा बाधा भएपछि ताम्राकारलाई स्पष्टिकरण सोधिएको जिसस प्रमूख सूर्य बहादुर थापाले बताएका छन् । थापाका अनुसार शाखा अधिकृत सुसिलसागर जोशी र नायव सुब्बा विरराम ताम्राकार दुबै जनालाई स्पस्टीकरण सोधिएको र ताम्राकारले उल्टै समन्वय प्रमूखलाई नटर्ने, बोलाउँदा उपस्थित नहुने ,प्रमूख र प्रमूखका स्वकीय सचिवको फोन समेत ब्ल्याक लिष्टमा राखेर बस्ने लगायतका कार्यहरु भेटाएपछि निजलाई प्रमूख जिल्ला अधिकारी संग समन्व्य गरेर विभागिय कारवाहीका लागि सिफारिस गरिएको प्रमूख थापाले बताए ।
शाखा अधिकृत सुसिलसागर जोशीले भने शुक्रबार आफु लकडाउनका बेलामा डोटी गएको र सो अवधिमा कार्यालयमा आउन नसकेको स्वीकार गरेका थिए । यही विषयलाई लिएर केही ब्यक्तिले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको जिल्ला समन्वय समितिद्धारा शुक्रबार आयोजित पत्रकारमा समन्वय प्रमुख थापाले बताए ।
जिल्ला समन्वय समितिमा कार्यरत कैलालीकी सव–ईन्जिनीयर अमरा बडाल,खरिदार संजिता जोशी ,चालक तारा बम र प्रकाश खनालले समन्वय प्रमूखबाट कुनै असहयोग नभएको, बरु सकरात्मक सुझाव र सल्लाह पाएको बताए ।