जिपको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु
कैलालीको गोदावरी नगरपालिकामा जिपको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ।
कैलाली। कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका-२ बस्ने ३४ वर्षीय देवराम टमटा छन्।
कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महिन्द्रा जिपले ठक्कर दिँदा घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ४ मंसीरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
टाउको र शरीरमा चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लागिएको थियो।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस