जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहन्छः  माधव नेपाल

जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहन्छः माधव नेपाल

नेकपाका नेता माधवकुमार नेपालले आफूहरु जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने प्रतिक्रिया दिएका छन्।

नेता नेपालले भने ‘हाम्रो विशाल छाति छ, सबैलाई समेट्न सक्छौँ, सम्भाववनाहरु अझै धेरै छन्।’

सर्वोच्च अदालतलको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उनले बताए।

निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरिने उनले बताए।

‘आयोगमा अलग अलग रुपमा एमाले र माओवादी पार्टी दर्ता भएका छन्, यी पार्टी के हुने हो भन्ने पनि टुंगो छैन, आयोगसँग गम्भीर रुपमा छलफल गरेर अघि बढ्छौं’ नेता नेपालले भने। 

यसअघि आज पेरिसडाँडामा बसेको प्रचण्ड नेपाल समूहको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्र अलग अलग रुपमा अघि बढ्ने निर्णय गरेको थियो।