जब भीम रावलले कविता भने, बैठकमा सन्नाटा छायो

जब भीम रावलले कविता भने, बैठकमा सन्नाटा छायो

४ पुस, (काठमाडौ)
स्थायी कमिटी बैठकको सुरुमै नेता भीम रावलले समय मागेर बैठकलाई जानकारी नदिई बालुवाटारमा सम्झौता गरिएकोमा आपत्ति जनाए । उनले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा राजपासँग गठबन्धन गर्ने सम्झौताप्रति नेकपा स्थायी कमिटी बैठकमा प्रश्न उठाए । राजपासँगको सम्झौता कुन नीति र सिद्धान्तअनुसार गरियो ? कुनै दुई जनालाई सांसद बनाउनका लागि मात्र हो कि पार्टीले लाभ पनि पाउँछ ? भनी प्रश्न गरे ।
रावलले स्थायी कमिटी बैठकलाई छलेर बालुवाटारमा राजपासँग सम्झौता गरिएको विरोधमा आफ्नो लिखित कविता सुनाएपछि बैठकमा सन्नाटा छायो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम, भीम रावल र युवराज ज्ञवालीले बैठक चलिरहेका बेला बालुवाटारमा सुटुक्क किन सम्झौता गरियो भनी प्रश्न उठाए ।