छाप्रो र टेन्ट राखेर सीमाकाे सुरक्षा

छाप्रो र टेन्ट राखेर सीमाकाे सुरक्षा

२९ चैत (धनगढी)
कोरोना भाइरस संक्रमणको जोखिम बढेको बेला भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अस्थायी र स्थायी गरी ७२ ठाउँमा पोष्ट खडा गरेर भारतसँग सीमा जोडिएका कैलालीको १०१ किलोमिटर क्षेत्रलाई पूर्ण रुपमा सील गरेको छ ।
‘अस्थायी र स्थायी गरि ७२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर दिनरात सीमामा निगरानी सुरु गरेका छौं’ ३४ नम्बर गणपति एसपी कमल तिमिल्सिनाले भने, धनगढीको त्रिनगरदेखि टीकापुर क्षेत्रमा पर्ने श्रीलंका टापुसम्मको १०१ किलोमिटर क्षेत्र पुरै सील गरिएको छ । मानिस त के पशुचौपाया पनि ओहोरदोहोर गर्न दिएका छैनौं ।’
कैलालीको सीमा क्षेत्रमा यसअघि ४ वटा बोर्डर आउट पोष्ट (बिओपी) र एउटा गुल्म गरी पाँच पोष्टले पुरै सीमा हेर्नुपर्ने अवस्था थियो । अहिले थप १४ स्थानमा छाप्रो हालेर अस्थायी बिओपी स्थापना गरिएको छ । अन्य ५३ स्थानमा सेन्ट्री पोष्ट खडा गरेर सीमा निगरानी गरिएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ ।
विगतमा एउटा पोष्टले २० किलोमिटर क्षेत्र हेर्नुपर्ने अवस्था थियो । अब दुई किलोमिटरमा एउटा पोष्ट खडा भएको छ । ‘दुई किलोमिटर बीचमा पनि सवारी गस्ती गर्ने गरिएको छ’ गणका डिएसपी भिम चन्दले भने, ‘यसै ११ गते गौरीफन्टामा अव्यवस्थित ढंगले भारतबाट आएका एक हजार जनाको बीचमा एक जना कोरोना भाइरस संक्रमित पनि रहेको पुष्टि भएपछि ड्युटी खटिएका हामी पनि त्रसित भएका थियौ । अब कसैले पनि लुकीछिपी वा त्यसरी हुलहुज्जत गरेर आउन सक्ने अवस्था छैन ।’ कान्तिपुरबाट

s}nfnLsf] 6Lsfk’/ If]qdf /x]sf] ef/t;+u hf]l8Psf] clGtd laGb’ >Ln+sf 6fk’df u:tLdf vl6Psf ;z:q k|x/L .