चोरीमा संलग्न २ जना पक्राउ
२० पुस (धनगढी)
गएको मंसिर २३ गते राती गोदावरी नगरपालिका २ स्थित देवराज भट्टको न्यु नमस्ते मोबाईल एण्ड ईलेक्ट्रोनिक सप्लायर्समा २१ थान मोबाईल र नगद रु.६,००,०००।–(छ लाख) चोरीमा संलग्न गोदावरी नगरपालिका ७ का १८ बर्षीय विजय रावल र धनगढी २ का २० बर्षीय साजन रावतलाई प्रहरीले ललितपुर पाटनबाट पक्राउ गरेको छ । उनीहरुमाथि चोरी शिर्षकमा कैलाली जिल्ला अदालतबाट दिन ५ म्यादथप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।