चीनले ६ दिनमै कसरी अस्पताल निर्माण गर्न सक्छ ?

चीनले ६ दिनमै कसरी अस्पताल निर्माण गर्न सक्छ ?

११ माघ (काठमाण्डौं)
काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने “चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ।“
उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए। बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइने छ ।
“निरङ्कुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ ।“
हुआङले भने समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू(भागबाट इन्जिनियरहरू ल्याइने छन् ।
“चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। त्यहाँ एकदम द्रुत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ । यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ,“ उनले भने । औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्ने छ ।
शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो। तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन । बिबिसीबाट