चलाउने र लोहनीलाई विप्लवले गरे निलम्बन
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।
स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विविध आरोपहरु लगाउँदै उनीहरुलाई निलम्बन गरिएको छ । केन्द्रीय समिति सचिवालयलको बैठकको निर्णयअनुसार उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।यसअघि विप्लवले धर्मेन्द्र बाँस्तोला कञ्चन र हेमन्तप्रकाश ओली सुदर्शन लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधवार बसेको बाँस्तोला र ओली पक्षीय नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गर्ने निर्णय गरेको थियो ।
