गौरीफन्टा नाकामा तनाव

गौरीफन्टा नाकामा तनाव

११ चैत (धनगढी)
भारतका विभिन्न शहरबाट धनगढीको गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र परेका छन् । नेपालमा मंगलबार विहानै ६ बजेदेखि लकडाउनको अवस्था भएपनि गौरीफन्टा नाकामा अलपत्र नेपालीहरुको व्यवसथापन गर्न भने सुरक्षाकर्मीलाई सकस भएको छ । उनीहरुले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमामा नारावाजी गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु सीमा क्षेत्रमै बसेको बताए।