गोरखाबाट पठाइयो फूलपाती

गोरखाबाट पठाइयो फूलपाती

७ कार्तिक (काठमाण्डौ)
काेराेना महामारीका कारण विगतका बर्ष जस्ताे धुमधाम नभएपनि यगोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबा बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि सोही साँझ हर्ष बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारी हुनमानढोका दरबारमा फूलपाती लिएर गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । ‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यसपटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फूलपाती पठाएका छौँ ।’
कोरोना भाइरस संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिताबिनै यसपटक विधिपूर्वक दरबारस्थित दसैंघरबाट सतीपीपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए । सतीपीपलसम्म बोकेर ल्याइएको फूलपाती राखेर हनुमानढोका पठाइएको हो । गोरखा दरबारको दसैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।