गुमनाम बनेको बाजुराको त्यो घटना
“भोक सहन नसकेर चार छोराछोरीसहित कर्णाली नदीमा अस्ताएकि आमा”
उज्यालो सन्देश, ६ कार्तिक (बाजुरा)
कवाडी नदीले हुम्ला र बाजुरालाई छुट्याएको छ । त्यही कवाडी नदी किनारमा बाजुरातर्फ हिमाली गाउ“पालिका ५ मा पर्ने फाट्टफुट्ट दोकान पसल रहेको सानो बजार छ । त्यही कवाडी बजारमा स्थानीयको घरमा आश्रय लिएर रुगीनका स्थानीय धर्म नेपालीको ६ जनाको परिवार बस्दै आएका थिए ।
असोज १४ गते शुक्रबार दिउ“सोदेखि ३० बर्षीया सत्ता र उनका चारवटै बालबच्चाहरु साढे ६ बर्षीया छोरी आरती, ४ बर्षकी सन्तोषी, २ बर्षका छोरा सम्मान र एघार महिना उमेरकी छोरी किस्मती बेपत्ता भए ।
घरमा श्रीमानस“ग दैनिकजसो भइरहने खटपट र अघिल्लै दिनदेखिको भोकको झोंकले दिक्दारी भएर बालबच्चासहित आमाले घर छेवैमा बग्ने कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीसहित स्थानीयले त्यही दिन अनुमान गरे । तर घटनाको न चर्चा भयो, न त तत्काल प्रभावकारी खोजवीन ।
उनी बेपत्ता भएको दश दिनपछि असोज २५ गते आमा र एक छोरीको शव आइतबार कर्णाली किनारमा फेला परेपछि उनले लालाबालासहित आत्महत्या गरेको अनुमान मिल्यो । ४ बर्षीया किस्मतीको पिलुचौर नजिक र आमाको शब थितिचौर नजिक कर्णाली छालमा भेटियो ।
घटनाको दिन सत्ता नेपाली विहान अघिल्ला दिनभन्दा चा“डो झिस्मिसेमै उठिन् । उनी जेठी छोरी ६ बर्षीया आरती र कान्छी छोरी एघार महिना उमेरकी किस्मतीलाई साथमै लिएर करिब डेढ घण्टा माथि ब्यूरीमा रहेको राजबहादुर बुडथापाको खेतमा खलो थाप्न हि“डेकी थिइन् । त्यही खलो वाफतको धान ल्याएर बालबच्चाको छाक टार्ने उनको धोको थियो ।
धर्मले प्रहरीलाई बताएअनुसार खलो (एक सुप्पो धान) को आशले गाउ“ गएकी उनी बुडथापा परिवारस“ग खलो लेनदेनमा कुरा नमिलेपछि रित्तै हात घर फर्किएकी थिइन् । कवाडीका स्थानीय बासिन्दाका अनुसार गाउ“का २० परिवारबाट संकलन हुने खलोबाट उनको परिवारको गुजारा चल्ने गरेको थियो ।
सासु कुशमकलाका अनुसार फर्कदा उनको घरमा चुलो बलेको थिएन् । घरमै रहेका उनका श्रीमान भने बालबच्चाको भोकको पीडालाईसमेत वास्तै नगरी मदिरा सेवन गरी बसेका थिए । आफुस“गै रहेका दुई छोरी र घरमा भएका नाबालक एक छोरा र एक छोरी पनि त्यतिञ्जेल भोकै थिए ।
कुशुमकलाका अनुसार घरमा पुगेपछि घरमै रहेका अरु दुई बालबच्चाको हालत देखेर उनी श्रीमानस“ग झोक्किइन् । उता रिथी (खलो दिने जग्गा धनी) ले एक सुप्पो खलो दिन कन्जुस्याइँ गरेपछि रित्तै फर्किनु परेको पीडा एकातिर थियो, अर्कोतिर त्यतिन्जेल जुलो नै बलेको थिएन । भोकले रन्थनिएकी उनी बालबच्चाको मुहार हेरेर निरास भएकी थिइन् ।
छोराको परिवारबाट अलग्गै बस्दै आएकी आमा कुशुमकला नेपालीकाअनुसार घरमा खाना नभएका कारण धर्मका लोग्नेस्वास्नीबीच केहीबेर भनाभन पनि भएको थियो । त्यसपछि धर्मले बजारबाट चाउचाउ ल्याएर आउछु भन्यो । तर भोकले रन्थनिएकी सत्ताको मनमा के आयो कुन्नी । बुहारी सत्ता भने तीन छोरी र एक छोरा गरी चारवटै बालबच्चा बोकेर घरबाट निस्किइन् ।
‘म चाउचाउ ल्याएर आउ“छु भन्दाभन्दै उनी सबै छोराछोरी लिएर घरबाट नुहाउन जान्छु भनेर निस्किएकी हुन्,’ स्थानीय कवाडी चौकीका प्रहरीस“ग सनिबार विहानको प्रारम्भिक सोधपुछमा धर्मले भने, ‘त्यसपछि कता गईन केही थाहा छैन् ।’ स्थानीय अस्तिका बुडथापाले उनको कपडा देखेको र धर्मले पनि श्रीमति हराएको जानकारी कवाडीमै रहेको प्रहरीलाई गराएका थिए ।
शुक्रबार रुगीनका स्थानीय राजबहादुर बुडथापाको ब्यूरी भन्ने ठाउ“को खेतमा मणाइ“ (धान चुटाई) थियो । कवाडीमा बस्दै आएकी ३० बर्षीया सत्ता नेपाली काखे बालक च्यापेर उनी समयमै व्युरी खेतमा पुगेकी थिइन् । बुडथापा परिवारको मणाइ“ सकियो । मणाइ“ सकिएपछि उनले खलो मागिन् । गाउ“को चलनचल्ती अनुसार एक सुप्पो धान (खलो) पाउनु पर्ने उनको अपेक्षा र माग थियो । तर बुडथापा परिवारले यो बर्ष धान कमै फलेकाले उनको अपेक्षाभन्दा कम दिन खोजे । सत्ताले त्यो मानिन् । रित्तै फर्किइन् । सत्ता परिवारले गाउँलेहरुबाट उठाएको खलोबाट नै बर्षभरिको छाक टार्थे ।
बाजुरामा दलित समूदायकाले गाउ“घरमा खेती भित्रिने बेला अन्न माग्ने परम्परा खलो परम्परा हो । खलो स्वरुप दुई बालीमा एक सुप्पो (करिब तीन देखि पाँच किलो) धान र एक पाथी गहु“ दिने चलन छ । त्यसवाफत उनीहरुले शीप अनुसारको काम गरिदिनु पर्ने हुन्छ । खलो उठाउने र पाउने पनि निश्चित परिवार हुन्छन् । दलित समूदायका परिवारले गाउँमा आआफ्नो रिथी (मालिक) बनाएका हुन्छन् । त्यही अनुसार उनीहरु खलोको दावी गर्ने गर्छन् ।
हिमाली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष अम्मलाल कार्कीले घटना प्रकृति र पृष्ठभूमि हेदा गरिबी र विपन्नताको पीडाबाट आहत भएर सत्ताले बालबच्चासहित नदीमा हाम फालेको हुन सक्ने स्थानीय बासिन्दा सबैको अनुमान रहेको बताए ।
‘उनको परिवारमा सारै धेरै गरिबी थियो । सत्तालाई बालबच्चा हुर्काउनै समस्या थियो,’ वडाध्यक्ष कार्कीले भने, ‘श्रीमान पनि ढंगिलो थिएनन्, मदिरा सेवन गरिरहने भएकाले घरमा सधैजसो लोग्नेस्वास्नीबीच खटपट भइरहन्थ्यो ।’
घर छेवैमा बग्ने कवाडी नदी किनारमा एउटा बच्चाको चप्पल र आमाको माथिको कपडा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी मदनजीत महराले भने, ‘ठोकुवा गरेर त भन्न सकिदैन, तर कपडा भेटिएको ठाउ“को प्रकृति र घर परिवारको पृष्ठभूमि हेर्दा उनले सबै बालबच्चालाई साथैमै लिएर नदीमा फाल हालेर आत्महत्या गरेको अनुमानमा गरिएको हो ।’
कपडा भेटिएको ठाउ“ नुहाउन जाने खालको नभएको र त्यहा“बाट करिब डेढ सय मिटरको दुरीमा कर्णाली नदी मिसिन्छ । घटना लगत्तै सदरमुकाम मार्तडीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्ना नेतृत्वको प्रहरी टोली खोजी कार्यमा परिचालन भएको थियो ।