खुलामञ्चमा बाजुराको भुवा पर्व मनाइने

खुलामञ्चमा बाजुराको भुवा पर्व मनाइने

सुदीप थापा ९ पुस (धनगढी) बाजुरेली सेवा समाजले बिहिबार धनगढीको खुलामञ्चमा यस क्षेत्रको प्रशिद्ध मौलिक पर्व भुवा मनाउने भएको छ । प्रदेश सरकारले भुवा पर्वको अवसरमा बिहिबार प्रदेशभर सार्वजनिक विदासमेत दिएको छ ।
भुवा पर्व सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने विशेष चाड हो ।
भुवा पर्वबारे समाजले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । धनगढीको खुल्ला मञ्च (पुरानो एयरपोर्ट) मा विभिन्न सास्कृतिक कार्यक्रमसहित मनाइने समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।
भुवा पर्व पुषे औँसीको अघिल्लो मध्येरातबाट सुरु हुने पर्व हो । भुवा पर्व मनाउन बाजुराबाट बसाइसराई गरि आएकाहरु सक्रिय रहने थापाले बताए ।
असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासंगै ढाल तरवारसहित चाली खेलेर मनाइने गरिन्छ ।
भुवाको अवसरमा गायक बिनोद बाजुरेली, लालबहादुर थापा लगायत कलाकारहरुको पनि सहभागिता हुने नाइएको छ ।