‘खबरदार, भोली तिमीहरुको पनि पालो आउँछ’– माधव नेपाल
सुदीप थापा, २० पुस (धनगढी)
नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउ“दै गुट र समूहले पाटीलाई थप कमजोर बनाउने बताए । ‘माधव नेपालस“ग नाम जोडिने बित्तिकै पेल्ने हो भने खबरदार भोली तिमीहरुको पनि पालो आउ“छ’ उनले भने । उनले एउटै प्रकृतिको गल्तीमा कसैलाई चोख्याउने र कसैलाई नराम्ररी फसाउन खोज्ने प्रवृति बढेको बताए ।
उनले नेकपाको सचिवालयमा पूर्व एमालेका उपाध्यक्षद्धय भीम रावल र अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुषाललाई ल्याउनु पर्ने बताए । ‘सचिवालय अलिकति मिलेको छैन’ उनले भने, ‘उपाध्यक्ष त माथिको पद हो, पूर्व एमालेको हकमा उपाध्यक्ष र उपमहासचिव रहेकाहरुलाई पनि अहिलेको सचिवालयमा ल्याउनु पर्छ ।’ उनीहरुलाई सचिवालयमा ल्याउ“दा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उनको भनाई थियो । ‘ब्यक्तिको क्षमता योग्यता पनि ख्याल गर्नु प¥यो’ उनले भने ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा उनले राष्ट्रहीत हुने कुनैपनि सहयोग स्वीकार गर्न सकिने भएपनि सैन्य रणनीति अन्तर्गतका सहयोगहरु भने नलिने बताए । उनले भने, ‘हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुन्नौ ।’