खप्तड गोल्डक फागुन ९ देखि
सुदीप थापा, १८ माघ (धनगढी)
खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि सुरु हुने भएको छ । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने मुल नारासहित प्रतियोगिता धनगढीमा हुन लागेको हो ।
आयोजकले प्रतियोगिताको तयारी तिब्र पारेको जनाएको छ । फुटवल खेलको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले चौथौं पटक आयोजना गर्न लागिएको खप्तड गोल्डकपका अध्यक्ष सुरेश हमालले बताए ।
क्लबका महासचिव प्रकाश शाहीका अनुसार विदेशी खेलाडीसहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५ र १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पुरस्कार प्रदान गरिने छ उनले बताए ।
प्रतियोगिता फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन् । १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड दर्शकले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ ।