कोरोना संक्रमितको संख्या १४ पुग्यो, सुदूरपश्चिममा ५
२ बैशाख (धनगढी)
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ पुगेको छ । पछिल्लो पटक कैलालीमा थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेस्टमा नेगेटिभ देखिएको थियो ।
वीरगञ्जमा चिया पसल चलाउँदै आएकी उनीसहित १७ जना गत चैत १८ गते कैलालीको लम्की पुगेका थिए । त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।