कोरोनाले नेपालमा पनि ज्यान लियो
३ बैशाख (काठमाण्डौं)
नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । कोभिड १९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो । उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन् । घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ। योसहित शनिवार साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।
अब कुल सङ्क्रमितको सङ्ख्या २८१ पुगेको छ। कोभिड १९ पुष्टि भएकामध्ये ३६ निको भएका छन्। कसैको मृत्यु भएको यो पहिलो पटक हो।