कोरोनाको तेश्रो लहर रोकथामको तयारी तिब्र

कोरोनाको तेश्रो लहर रोकथामको तयारी तिब्र

उज्यालो सन्देश, २ साउन, धनगढी
सामाजिक बिकास मन्त्रलायले कोरोना संक्रमणको तेश्रो लहर रोकथामको तयार तिब्र पारेको छ । त्यसका लागि सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले सनिबार मन्त्रालयमा सन्वय बैठकको आयोजना गरेका छन् ।
बैठकमा धनगढी उप महानगर पालिकाका प्रमुख नृपबहादुर ओड, गोदावारीका प्रमुख हरिसिंह साउँद , भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्ीत्र तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक बिकास मन्त्रालयका सचिवसहित कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो । साथै बैठकमा सुरक्षा निकायकाका प्रमुखहरु पनि सहभागी थिए । बैठकमा उपस्थित पदाधिकारीहरुले कोरोना रोगको पहिलो लहर र दोश्रो लहरमा सुदूरपश्चिम प्रदेशमा गरिएको तयारी, सम्पादन गरिका क्रियाकलाप, सामना गर्नु परेका समस्या र चुनौती तथा समाधानका लागि गरिएका प्रयास हरुको समिक्षा गरेका थिए । उनीहरुले तेश्रो लहरबाट खासगरि बालबालिकाहरु बढी प्रभावित हुनेसक्ने आकलन रहेकाले त्यसको रोकथामका लागि एकीकृत प्रयास गर्ने समझदारी गरेका छन् । साथै सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीले ले कोरोना रोग नियन्त्रणका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना बनाइरहेको मन्त्री खड्काले जानकारी गराएका थिए ।