कैलाली र कञ्‍चनपुरमा आज विदा

कैलाली र कञ्‍चनपुरमा आज विदा

४ चैत (धनगढी)
सुदुरपश्चिम प्रदेश सरकारले राना थारुको महत्वपूर्ण पर्व ‘खखडेहरा’ को अवसरमा मंगलवार कैलाली र कन्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको छ ।
सुदुरपश्चिम प्रदेश ,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीका अनुसार, सम्पूर्ण सरकारी कार्यालयहरु एवं सार्वजनिक निकायहरुमा विदा दिने निर्णय गरिएको हो।