कैलालीमा नियम उल्लंघन गर्ने ५० मोटरसाईकल नियन्त्रणमा
११ चैत (धनगढी)
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कैलालीका विभिन्न ठाउँबाट ५० भन्दा बढि मोटरसाईकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले लक डाउन उल्लंघन गर्ने ५० भन्दा बढि मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको बताए । इलाका प्रहरी कार्यालय टीकापुरले निषेधाज्ञा उलंघन गर्ने २९ जनालाई विभिन्न स्थानबाट मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुलाई बजारका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।