के होला राष्ट्रपतिको राजनीतिक सक्रियताको अर्थ ?

के होला राष्ट्रपतिको राजनीतिक सक्रियताको अर्थ ?

५ मंसिर (काठमाडौ)
सत्तारुढ नेकपा नेताहरुलाई स्थायी कमिटी बैठक चलिरहेकै बेला स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल लगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास बोलाएर करिब २ घण्टा छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाइरहेको आरोप यसअघि देखि नै लाग्दै आएको छ ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ९ बजे देखि ११ बजेसम्म नेकपा बोलाएर छलफल गरेकी हुन् । उक्त घटनाको अध्यक्ष प्रचण्डलेसमेत विरोध गरेका छन् । बैठकको अध्यक्षता गरिरहेका पुष्पकमल दाहालले यतिका जना साथीहरु एकै पटक कहाँ जानु भएको थियो, किन ढिलो गर्नुभयो भनी प्रश्न गरेका थिए । ार्टीको महत्वपूर्ण बैठक चलिरहेका बेला राष्ट्रपतिजीले यसखालका भेटघाट राख्नु उचित हो कि हैन ?’ उनले सोधेका थिए ।